PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

त्रिभुवन आर्मी फुटबल क्लब गोवा प्रस्थान, प्रतिस्पर्धी बेङ्ग्लुरुले पाँच नयाँ खेलाडी समेट्दै गर्‍यो टिमको घोषणा



पहिलोपोस्ट

त्रिभुवन आर्मी फुटबल क्लब गोवा प्रस्थान, प्रतिस्पर्धी बेङ्ग्लुरुले पाँच नयाँ खेलाडी समेट्दै गर्‍यो टिमको घोषणा
Photo : Nepal Army Football Club

काठमाडौं : त्रिभुवन आर्मी फुटबल क्लब आज गोवा प्रस्थान गरेको छ। बिहीवार हुने एएफसी कपको प्रारम्भिक चरणको दोस्रो खेलमा भारतीय क्लब एफसी बेङ्ग्लुरुसँगको खेल्नका लागि आर्मी आज गोवा गएको हो।

यसअघि अघिल्लो हप्ता प्रारम्भिक चरणको पहिलो खेल काठमाडौंको दशरथ रंशगालामा सम्पन्न भएको थियो। खेलमा आर्मीले श्रीलंका पुलिसमाथि ५-१ को सानदार जित निकाल्दै बेङ्ग्लोरसँग भेट सुनिश्चित गरेको थियो।

यसका लागि आर्मीको टिम उपरथी निरञ्जन श्रेष्ठको नेतृत्वमा खेलाडी र अफिसियलसहितको टोली गोवा प्रस्तान गरेको हो। बेङ्ग्लुरु एफसी र आर्मीबीचको विजेताले वैशाख ८ गते हुने तेस्रो चरणको प्रारम्भिक चरणको खेल बंगलादेशी टिम अम्बानी लिमिटेड (ढाका) र क्लब इगल्सबीचको विजेतासँग खेल्नेछन्।

आर्मीको टिममा यसअघि पहिलो चरणको प्रारम्भिक चरणमा पहिलो रोजाइका दुई खेलाडीले कोरोनाका कारण खेल गुमाएका थिए। आर्मीका नियमित गोलकिपर विकेश कुथ र स्ट्राइकर जर्ज प्रिन्स कार्कीले उक्त खेल गुमाएका थिए। उनीहरुले बेङ्ग्लुरुसँगको पनि खेल गुमाउने छन्।

आर्मीसँग खेल्न बेङ्ग्लुरुले घोषणा गर्‍यो खेलाडी

आर्मीसँग खेल्नका लागि बेङ्ग्लुरुले २९ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। जसमा पाँच जना रिजर्भमा रहँदै आएका खेलाडीहरुलाई पनि मौका दिइएको छ। जसमा गोलकिपर सेरोन पडट्टिल, मिडफिल्डरहरु दमयितपंग लिंग्दोह र मुहम्मद इनायाथ र फर्वाडहरु अक्षदीप सिंह र शिवशक्ती नारायननलाई बेङ्ग्लुरुले २९ सदस्यीय टोलीमा समेटेको छ।

बेङ्ग्लुरुलाई भारतीय राष्ट्रिय टोलीका कप्तानसमेत रहेका सुनिल क्षेत्रीले नेतृत्व गर्नेछन्। खेल बन्द रंगशालामा हुने एफसी बेङ्ग्लुरुले जनाएको छ।

यस्तो छ बेङ्ग्लुरु टिम

गोलकिपर्स: गुरप्रीतसिंह साधु, लालथुवाम्माविया राल्टे, लारा शर्मा र सेरोन पडट्टिल

डिफेन्डर्स: राहुल भेके, प्रतिक चौधरी, जुआन गोञ्जालेज, वुनज्ञनगयम मुइरङ, अजित कुमार, अशिक कुरुनियन, जोए जोहरलिएना, पराग श्रीभास, य्रोनदु मुसावु-किंग, विश्व दर्जी

मिडफिल्डर्स: एरिक पार्तालु, सुरेश वाङजाम, हरमनजोत खाबरा, नामग्याल भुटिया, इमानुएल लालछनचुआ, दमयितपंग लिंग्दोह, मुहम्मद इनायत

फर्वार्डस्: सुनिल क्षेत्री, एडमन्ड लालरिन्दिका, उदन्त सिंह, क्लिटन सिल्भा, लियोन अगस्टिन, नोरेश रोशन सिंह, शिवशक्ति नारायणन, आकाशदीप सिंह

कोच: मार्को पेज्जाइओली



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell