PahiloPost

May 7, 2021 | २४ बैशाख २०७८

पहिलो खेलमै धोनी जरिवानामा परेको आईपीएलको नयाँ नियम के हो? गल्ती दोहोरिए प्रतिबन्धसम्मको कारवाही



पहिलोपोस्ट

पहिलो खेलमै धोनी जरिवानामा परेको आईपीएलको नयाँ नियम के हो? गल्ती दोहोरिए प्रतिबन्धसम्मको कारवाही

इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा थपिएको नयाँ नियम बमोजिम निर्धारित समयमा निर्धारित कोटाको ओभर नसकेपछि चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिहं धोनी १२ लाखको जरिवानामा परेका छन्। दिल्लीसँगको खेलमा स्लो ओभर रेटका कारण उनी कारवाहीमा परेका हुन्।

यसपटक आईपीएल आयोजकले म्याच निर्धारित समयमा सक्नका लागि ओभर रेटमा कडाइ गरेको छ। आईपीएल २०२१ को कोड अफ कण्डक्ट अनुसार प्रति घण्टा १४.१ ओभर निर्धारित गरिएको छ जसमा स्ट्राटेजिक टाइम आउट पनि सम्मिलित हुनेछ।

गएरातिको खेलमा चेन्नईले दिल्लीविरुद्ध १८.४ ओभर बलिङ गरेको थियो।

आईपीएलको नियममा कडाइ

यसपटकको आईपीएलमा केही परिवर्तनहरु देखिने छन्। बलरहरु पटकपटक फिल्डिङमा परिवर्तन गर्न खोजिरहेका हुने छैनन्। सेट भइसकेका ब्याट्सम्यानको लय बिगार्नका लागि बीचमा बलिङको गति घटाउने प्रयत्न हुनेछैन। यतिमात्र होइन जब क्रिजमा ब्याटसम्यान जमेको हुन्छ त्यतिबेला बलिङ गरिरहेको टिमको कप्तानले अन्य खेलाडीहरुसँग रणनीतिका लागि धेरै समय सल्लाह गर्ने पनि फुर्सद पाउने छैन। यो सबै कुराको पछि एउटै कारण छ, आईपीएलको नियममा गरिएको परिवर्तन।

आईपीएलको नयाँ नियम अनुसार कुनै पनि टिमले ९० मिनेटभित्र आफ्नो पारी सक्नुपर्ने हुन्छ। जसमा स्ट्राटेजिक टाइमआउट पनि समावेश हुनेछ। यसलाई कडाइका साथ लागु गराउनका लागि १२ लाखको जरिवानादेखि प्रतिबन्धसम्मको नियमहरु बनाइएका छन्।

क्रिकेट आरामको खेल रहेन

अंग्रेजले क्रिकेटको विकास गर्दा नै आरामको खेलको रुपमा विकास गरेका थिए। ७० को दशकमा वान डे क्रिकेटको सुरुवात नै यसकारण भएको थियो कि मानिसहरुसँग पाँच दिन क्रिकेट हेरेर बस्ने फुर्सद भएन। त्यसपछि त इङ्ग्ल्याण्डमै पनि टी २० को सुरुवात भयो। त्यसपछि क्रिकेट टी १०, द हण्ड्रेड गर्दै छोटो फर्मको 'एक्सपेरिमेन्ट' मा छ। यसमा आईपीएल पनि समयलाई लिएर कडाइ थालिएको छ।

यसको सबैभन्दा बढी असर फास्ट बलरलाई पर्ने देखिन्छ। अर्थात बलरको बलिङमा भन्दा पनि समयमा ध्यान जाने सम्भावना रहने हुनसक्छ।

यसरी हुनेछ जरिवाना :

पहिलो पटक गल्ती: कप्तानमाथि १२ लाखको जरिवाना

दोस्रो पटक गल्ती : कप्तानमाथि २४ लाखको जरिवना, टिमका बाँकी खेलाडीलाई म्याच फी को २५ प्रतिशत या ६ लाख रुपैयाँ जरिवाना

तेस्रो पटक गल्ती : कप्तानमाथि ३० लाखको जरिवाना र एक खेलमा प्रतिबन्ध, बाँकी खेलाडीलाई म्याच फी को ५० प्रतिशत या १२ लाख रुपैयाँ सम्मको जरिवाना



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell