PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

जनकपुर उद्योग वाणिज्य सङ्घको मतगणनामा विवादः असन्तुष्ट पक्ष र प्रहरीबिच झडप



पहिलोपोस्ट

जनकपुर उद्योग वाणिज्य सङ्घको मतगणनामा विवादः असन्तुष्ट पक्ष र प्रहरीबिच झडप

जनकपुरधामः जनकपुरमा जनकपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन मतगणनालाई लिएर प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ।

नयाँ नेतृत्वका लागि सम्पन्न निर्वाचनको मतगणना विरुद्ध असन्तुष्ट पक्षले निर्वाचन समितिविरुद्ध विरोध प्रदर्शन गरेपछि झडपको स्थिति सृजना भएको थियो। वरिष्ठ उपाध्यक्ष पदको मतगणनाको क्रममा उम्मेदवार सुरेन्द्र भण्डारीको पक्षमा मत कम आउन थालेपछि मतदान भन्दा बढी मत मतगणनामा फेला परेको भन्दै भण्डारी पक्षधरले प्रदर्शन गरेका छन्।

अवस्था तनावग्रस्त बनेपछि मतगणना स्थल गोपाल धर्मशालामा धेरै सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। विवादित समूहका पक्षधरले निर्वाचन समितिको विरोध गर्दै टायर बालेर प्रदर्शनका गर्नुका साथै प्रहरी माथि ढुंगामुढा समेत प्रहार गरेका छन्।

प्रदर्शनकारी समूहबाट ढुंगामुढा प्रहार भएपछि प्रहरीले लाठी चार्ज समेत गरेको प्रहरीको दावी छ। लाठी चार्जबाट पाँच जना भन्दा बढी प्रदर्शनकारी सामान्य घाइते भएका छन्।

यता निर्वाचन समितिका अनुसार मतगणनामा मनिष रमण साहले अग्रता लिएपछि प्रतिस्पर्धी उम्मेदवार भण्डारी पक्षका व्यक्तिहरूले डेढ सय मत बढी भएको भन्दै असन्तुष्टी जनाएका थिए। समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदका मतगणना असन्तुष्ट पक्षको विवादको कारण हाल अवरुद्ध भएको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell