PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नागार्जुन जङ्गलमा आगलागी, सेना प्रहरी लगायतको टोली नियन्त्रणको प्रयासमा



पहिलोपोस्ट

नागार्जुन जङ्गलमा आगलागी, सेना प्रहरी लगायतको टोली नियन्त्रणको प्रयासमा
फाइल फोटो

काठमाडौंः काठमाडौंको नागार्जुन जङ्गलमा आगलागी भएको छ।

जङ्गलमा आगलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिने काम भइरहेको छ।

'सबै सुरक्षा निकायको टोली परिचालन भइसकेको छ। आगो नियन्त्रण गर्ने कोसिस गरिरहेका छौँ,' महानगरीय प्रहरी वृत्त महाजगञ्जका डिएसपी रोशन खड्काले भने।

पछिल्लो समय देशभर विभिन्न ठाउँमा आगलागी हुने क्रम बढेको छ। शनिवार मात्र भक्तपुरस्थित नगरकोटको जङ्गलमा लागेको डढेलो राति अबेर नियन्त्रणमा आएको थियो। साँझ करिब सवा पाँच बजेतिर सल्केको आगो नियन्त्रणका लागि तीन वटा दमकल प्रयोग गरिएको थियो।

त्यस्तै काठमाडौंको चोभारको आदिनाथ मन्दिर रहेको जङ्गल क्षेत्रमा पनि आगोलागि भएको थियो। स्थानीय, प्रहरी र सेनाले मिलेर डढेलो नियन्त्रण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell