PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

घोडाको जादुमय प्रस्तुति हेर्न पुलदेखि रुखसम्म दर्शकको यस्तो भिड

घोडाको जादुमय प्रस्तुति हेर्न पुलदेखि रुखसम्म दर्शकको यस्तो भिड

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : हरेक वर्ष चैत कृष्णपक्षको औंसीका दिन टुँडिखेलभित्र र बाहिर मानिसहरुको भिड लाग्छ। घोडेजात्राको अवसरमा नेपाली सेनाले त्यहाँ राइड पास, ब्यानर डिस्प्ले, टाङ्गन घोडा दौड, सो जम्प, टेण्ट पेगिङ लगायत आकर्षक प्रस्तुति दिन्छन्।

ती प्रस्तुतिको चर्चा हुन्छ आम मानिसमा। वाहवाही गर्छन् चुस्तामा ठाँटिएका घोडचढी सैनिकको।  

पुच्छर बाँटिएका, रङ्ग पोतिएका अनि गरगहना लगाएर श्रृङ्गारिएका घोडा हेर्दै दङ्ग पर्छन् आम मानिस। खेलमा घोडाले मेडल र पुरस्कार जित्दा ताली पिट्छन् उनीहरू।

पर्खाल, रुख, पुल जहाँ खाली ठाउँ भेट्छन् त्यहीँ बसेर दिन बिताउनेहरू पनि उत्तिकै। किनकि सबैको सहज पहुँच छैन टुँडिखेलको दर्शकदीर्घा।

फोटोमा हेर्नुस् घोडचढी सेना र घोडाको जादुमय प्रस्तुति हेर्न लागेको आम मानिसको भिड।  



ट्रेन्डिङ पोस्ट

Ncell