PahiloPost

May 15, 2026 | १ जेठ २०८३

थप ३६७ जनामा कोभिड-१९ को संक्रमण, एक जनाको मृत्यु



पहिलोपोस्ट

 थप ३६७ जनामा कोभिड-१९ को संक्रमण, एक जनाको मृत्यु

काठमाडौं : नेपालमा थप ३६७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको परीक्षणमा नेपालमा ३०३ जनामा आरटी पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएको र ६४ जनामा एन्टिजिन परीक्षणबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १५४ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा १२८, ललितपुरमा १५ र भक्तपुरमा ११ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म दूई लाख ८० हजार २८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै हालसम्म तीन हजार ३४ जनाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्र एक जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा संक्रमण पुष्टि भएका मध्ये दुई हजार ७४ हजार २७ जना संक्रमण मुक्त भएका छन्।

हाल नेपालमा दुई हजार ९६१ जना सक्रिय संक्रिमत रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell