PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

डेन्टल एशोसिएसनमा डाक्टर मास्के



पहिलोपोस्ट

डेन्टल एशोसिएसनमा डाक्टर मास्के

काठमाडौं : दन्त चिकित्सकहरुको छाता संगठन नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. सुभित मास्के निर्वाचित भएका छन्।

शनिबार सम्पन्न १४ औं महाधिवेशनले मास्केलाई अध्यक्ष निर्वाचित गरेको हो। मास्केले प्रतिद्‍वन्द्वी उम्मेदवार डा. कुम्भराज जोशीलाई ३२९ मतले पराजित गरे। मास्केको ६०६ मत आउँदा जोशीले २७७ मत प्राप्त गरे।

उपाध्यक्षमा डा. अजय कुमार शाह निर्विरोध निर्वाचित भए।

महासचिवमा डा. गालब अधिकारी निर्वाचित भए। ५४८ मत ल्याएका अधिकारीले डा. जोन गुरुङलाई २१५ मतले पराजित गरे।

कोषाध्यक्षमा डा. निश्चल कुँवरले बाजी मारे। ४४० मत ल्याएका कुँवरले दाबेदार डा. चेतन बस्नेतलाई २३ मतअन्तरले पराजित गरे।

सह सचिवमा डा. विश्वप्रकाश ठाकुर निर्विरोध निर्वाचित भए। सदस्यहरूमा डा. अच्युत भट्ट, डा. लोकेश बर्मा र डा. खिलिशा पोखरेल निर्विरोध आए। डा. हरिप्रसाद ओलीको योग्यता नपुगेकाले उनको उम्मेवारी नै रद्ध भयो। रिक्त रहेको एउटा सदस्य पदमा वार्षिक साधारणसभाबाट चयन गरिने कार्यालय सचिव खगेन्द्र भट्टराईले जानकारी दिए।

उनका अनुसार एशोसिएसनको शाखा कार्यालयहरुमा २१ गते १० ठाउँमा निर्वाचन भइसकेको छ। नवनिर्वाचित अध्यक्ष मास्केले संस्थालाई सबैको सहकार्यमा प्रभावकारी बनाएर लाने प्रतिबद्धता जनाएका छन्।

संस्थाले दन्त चिकित्सकलाई अफ्ठेरो परेको बेला सहयोग गर्ने, दन्त शिविर गर्ने, राज्यलाई दन्तसम्बन्धी परामर्श दिने काम गर्दै आएको छ।

डेन्टल एशोसिएसनका अध्यक्ष नेपाल चिकित्सक संघको पदेन सदस्य हुन्छन्। काउन्सिलबाट हुने काममा पनि भूमिका हुने गर्दछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell