PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

अबको निर्वाचनमा कांग्रेस एक ढिक्का भएर लाग्नुपर्छ : डा शशांक कोइराला



रासस

अबको निर्वाचनमा कांग्रेस एक ढिक्का भएर लाग्नुपर्छ : डा शशांक कोइराला
फाइल फोटो।

चितवन : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अबको निर्वाचनमा नेपाली कांग्रेस एक ढिक्का भएर लाग्नुको विकल्प नभएको बताएका छन्।

नेपाली कांग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसका नेता कार्यकर्ता इमान्दार भएर लाग्नुपर्ने समय आएको बताएका हुन्।

उनले भने, ‘आआफ्नो स्थानबाट इमान्दार भएर लाग्ने हो भने देशमा कांग्रेस छाउने छ।’

अहिले कांग्रेस एक हुन नसक्दा समस्या भएको उनको भनाइ थियो। अर्को एक प्रसङ्गमा नेपाल कृषि प्रधान देश भएकाले कांग्रेसले आफ्नो सरकार बनाएर अब युवा लक्षित कृषि कार्यमा जोड दिने समय आएको बताए।

उनले भने, ‘बिपीको पालामा ३० प्रतिशत बजेट कृषि क्षेत्रमा लगानी भएको थियो।’

कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले वडा तहदेखि नै सबैले मन भित्रको तिक्तता हटाएर पार्टी बलियो बनाएर जानुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell