PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

गायक उदेश श्रेष्ठले ल्याए ‘मलाई तिमी मन पर्‍यो’



पहिलोपोस्ट

गायक उदेश श्रेष्ठले ल्याए ‘मलाई तिमी मन पर्‍यो’

काठमाडौं : गायक उदेश श्रेष्ठले नयाँ गीत ‘मलाई तिमी मन पर्‍यो’ सार्वजनिक गरेका छन्। क्युज सिनेमाजमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा उदेशकै स्वर रहेको छ।

गीतको म्युजिक भिडियोमा स्वयं गायक श्रेष्ठ नै फिचर्ड छन्। गीतमा उनलाई, माङ्गसा लिम्बु, सञ्जल भण्डारी र प्रिया लिम्बुले साथ दिएकी छिन्। गीतमा उदेशकै संगीत रहेको छ भने शब्दमा अर्जुन पासवानले सघाएका छन्। भिडियोको छेवाङ्ग लामाले निर्देशन गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ गायक प्रेमध्वज प्रधानको उपस्थिति रहेको थियो। उद्देश्य गीतिसंग्रहमा संग्रहित पहिलो गीतको भिडियो सार्वजनिक कार्यक्रममा उपस्थित गायक प्रधानले उदेशलाई संगीतमा निरन्तरता दिन आग्रह गरे।

यस्तै, कार्यक्रममा उदेशले गायक प्रेमध्वजको सफल गीतहरु गाएका थिए। उनले लाइभ ब्याण्डसँग ‘तारा मात्र होइन तिमीलाई’, ‘घुम्तीमा न आउ है’ गीत गाएका थिए। कार्यक्रममा उपस्थित प्रमुख अतिथि प्रेमध्वज प्रधान, विशिष्ट अतिथि राजेश्वर ज्ञवाली, गायक जेम्स प्रधान, राहुल प्रधानलगायतलाई मायाको चिनोको रुपमा नेपाली टोपीसँगै सारंगी प्रदान गरिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell