PahiloPost

May 15, 2026 | १ जेठ २०८३

नामिबियासँग सिरिजको तयारीमा क्यान, महिला टिमले भारतको उत्तराखण्डको टिमसँग एकदिवसीय र टी २० खेल्ने



पहिलोपोस्ट

नामिबियासँग सिरिजको तयारीमा क्यान, महिला टिमले भारतको उत्तराखण्डको टिमसँग एकदिवसीय र टी २० खेल्ने
फाइल फोटो

काठमाडौँ: नेपाल क्रिकेट संघले नामिबियासँग एकदिवसीय सिरिजको तयारी अघि बढाउने लगायतका विभिन्न १० बुँदे निर्णय गरेको छ। नेदरल्याण्ड्स, मलेसियासँग त्रिकोणात्मक टी २० सिरिज नजिकिँदै गर्दा मे महिनामा नामिबियासँग एकदिवसीय सिरिज खेल्ने तयारी अघि बढाएको हो।

बैठकले नेपाली महिला टोलीको प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिने निर्णय गरेको छ। टमाटाले यसअघि पुरुषतर्फको सिनियर टिममा पनि प्रशिक्षकको भूमिकामा रहिसकेका छन्।

त्यस्तै यही अप्रिल महिनाको तेस्रो हप्ताबाट नेपाली महिला टोलीले उत्तराखण्ड महिला टिम भारतसँग एकदिवसीय र टी २० सिरिजका खेल्न तयारी सुरु गर्ने पनि निर्णय गरेको छ।

खेलाडीहरुको २०२१ को सेन्ट्रल कन्ट्राक्टबारे महिला र पुरुषतर्फ १८/१८ जना छनोट गर्दै मे १५ सम्म बोर्डलाई प्रतिबेदन पेस गर्न राजुबाबु श्रेष्ठ, प्रशान्तविक्रम मल्ल र संजयराज सिंह गरी तीन सदस्यीय समिति बनाएको छ। जसमा एक्सपर्टका रुपमा थप दुई जनालाई समितिमा आमन्त्रित गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell