PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चितवनमा ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु



पहिलोपोस्ट

चितवनमा ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं : चितवनको राप्ती नगरपालिका ११ आमपानीस्थित चिउडेखोला भन्ने स्थानमा ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। थाकलटारबाट चिउडेखोलातर्फ आइरहेको ना १ त ६२८२ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए।

ट्र्याक्टरमा करिब २०/२५ जना सवार रहेको प्रहरीको अनुमान छ। दुर्घटनामा ट्र्याक्टरमा सवार अन्य गम्भीर घाइते भएको डिएसपी थापाले जानकारी दिए। घाइतेहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए। 

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell