PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

६० जनाको परीक्षण गर्दा वीरगंजमा २८ मा कोरोना पुष्टि, स्वास्थ्य मापदण्ड पालना न्यून



पहिलोपोस्ट

६० जनाको परीक्षण गर्दा वीरगंजमा २८ मा कोरोना पुष्टि, स्वास्थ्य मापदण्ड पालना न्यून

वीरगंजः वीरगंज पुनः कोरोना संक्रमणको हटस्पट बन्ने संकेत देखिएको छ। नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा भएको पर्सा-बाराका ६० जनाको स्वाब परिक्षण गर्दा पर्साका २३ र बाराका ५ गरी कुल २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालका कोभिड संयोजक सरोजरोशन दासका अनुसार २८ जनामध्‍ये १७ जना पुरुष र ११ जना महिला छन्।

पछिल्लो समय भारतमा दैनिक करिब डेढ लाखको हाराहारीमा कोरोना संक्रमित थपिँदा खुल्ला सीमाका कारण वीरगंजमा संक्रमण फैलन सक्ने अनुमान चिकित्सकहरुको छ।

संक्रमण बढिरहे पनि स्वास्थ्य मापदण्ड भने पालना हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell