PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

हैदराबादलाई १० रनले हराउँदै कोलकताको सुखद सुरुवात



पहिलोपोस्ट

हैदराबादलाई १० रनले हराउँदै कोलकताको सुखद सुरुवात
फोटो: आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकता नाइट राइडर्सले हैदराबादलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। चेन्नइको चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा हैदराबादलाई १० विकेटले हराउँदै कोलकोताले सुखद सुरुवात गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। १८८ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको हैदराबाद निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रनमा समेटियो।

सुरुवाती ब्याटिङ गरेको कोलकताको स्कोर उकास्न नितिश राना र राहुल त्रिपाठीले अर्धशतकीय पारी खेले। रानाको ८० र त्रिपाठीको ५३ रनको योगदान कोलकताका लागि महत्वपूर्ण रह्यो। त्यस्तै दिनेश कार्तिकले अभिजित २२ रन बनाउँदा शुभमन गिलले १५ रन बनाए। बलिङतर्फ हैदराबादका मोहम्मद नाबी र राशिद खानले समान २/२ विकेट लिँदा भुवनेश्वर कुमार र सन्दीप शर्माले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबादका मनिष पाण्डे र जोनी बेयरस्ट्रोले अर्धशतकीय पारी खेले पनि टिमलाई लक्ष्यसम्म पुर्‍याउन सकेनन्। पाण्डेल अभिजित ६१ रन जोड्दा बेयर्स्टोले ५५ रन जोडे। त्यस्तै अब्दुल समदले अभिजित १९ रन बनाउँदा मोहम्मद नाबीले १४ रन जोडेका थिए।

हैदराबादलाई लक्ष्यसम्म पुग्न नदिन प्रशिद कृष्णले २ विकेट लिँदा शकिब अल हसन, प्याट कमिङ्ग्स र आन्द्रे रसेलले १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell