PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

टोटेनहममाथि म्यानचेस्टर युनाइटेडको जित



पहिलोपोस्ट

टोटेनहममाथि म्यानचेस्टर युनाइटेडको जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले टोटेनहम हट्स्परमाथि जित निकालेको छ। पहिलो हाफमा एक गोलले पछि रहेको युनाइटेडले दोस्रो हाफमा पुनरागमन गर्दै घरेलु टोली टोटेनहममाथि ३-१ गोलअन्तरले जित निकालेको हो।

खेलको ४० औं मिनेटमा लुकास मौराको पासमा सन ह्युङ मिनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा टोटेनहम एक गोलले अघि रह्यो।

दोस्रो हाफमा युनाइटेडका फ्रेडले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। उनले ५७ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै एडिन्सन् काभानीले ७९ मिनेटमा म्यासन ग्रिनउडको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। त्यस्तै अतिरिक्त समयमा ग्रिनउडले नै पउल पोग्बाको पासमा गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे।

जितसँगै अंकतालिकाको दोस्रो स्थानमा रहेको युनाइटेडले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंकदुरी घटाएको छ। सिटी ३२ खेलबाट ७४ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ भने युनाइटेड ३१ खेलबाट ६३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै पराजय ब्यहोरेको टोटेनहम ३१ खेलबाट ४९ अंक जोड्दै तालिकको सातौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell