हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ।
करेन्ट लागेर मृत्यु हुनेमा हेटौंडा ९ शान्ति चोकका ३५ वर्षीय समीर पाख्रिन र उनकी ३० वर्षीया श्रीमती अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जनाकारी दिए ।
रिमालका अनुसार आज बिहान ९ बजे पाख्रिन दम्पतीले आफ्नो घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डन्डिले उठाउन खोज्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।
