PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

बुटवलमा थप तीन जना कोभिड-१९ संक्रमितको मृत्यु



पहिलोपोस्ट

बुटवलमा थप तीन जना कोभिड-१९ संक्रमितको मृत्यु

काठमाडौं : रुपन्देहीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा तीन जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा रुपन्देहीका १ महिला, कपिलवस्तुका एक पुरुष र अर्घाखाँचीका एक महिला छन्।

तिलोत्तमा नगरपालिका वडा नं.१ रुपन्देहीकी ७१ वर्षीया महिलाको उपचारका क्रममा बिहान ७:२५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। चैत २१ गते कोभिड-१९ को संक्रमण पुष्टि भई २३ गते देखी लुम्बिनी प्रादेशिक अस्पताल द्वारा संचालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएकी उनको बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। उनमा ज्वरो,निमोनिया,दम र स्वासप्रश्वासमा समस्या थियो।

त्यस्तै २७ गते कोभिड-१९ को संक्रमण पुष्टि भएका कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ३ का ७९ वर्षीय पुरुषको पनि आज बिहान मृत्यु भएको छ।

उनलाई उपचारका लागि २७ गते देखि कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो। उनमा ज्वरो,निमोनिया,मधुमेह र स्वासप्रश्वासमा समस्या भई उपचार भइरहेको थियो। उनको बिहान ७:१४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

अर्घाखाँची मालारानी-५ की ७९ वर्षकी महिलाको पनि बिहान नै मृत्यु भएको अस्पतालले जनाएको छ। २७ गते संक्रमण पुष्टि भएकी महिलालाई उपचारका लागि सोही दिन अस्पतालमा भर्ना गरिएको थियो। महिलामा ज्वरो, निमोनिया,दम र स्वासप्रश्वासमा समस्या भई उपचारको बिहान ९:५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

यसअघि आइतवार पनि अस्पतालमा नवलपरासीका एक जनाको मृत्यु भएको थियो। योसँगै लुम्बिनी प्रदेशमा कोभिड-१९ संक्रमणबाट ४२० जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell