PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

पेप्सिकोलामा घरभित्रको पानी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु



पहिलोपोस्ट

पेप्सिकोलामा घरभित्रको पानी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु
प्रतिकात्मक तस्बिर

काठमाडौंः काठमाडौंको पेप्सिकोलामा एक ५ वर्षीय बालिकाको पानीको ड्याङकीमा डुबेर मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-३२ पेप्सिकोलास्थित नवनिर्मित घरको भुईँ तल्लामा रहेको पानी ट्याङ्कीमा डुबेर आइतबार मृत्यु भएको हो। दाङ देउखुरी गाउँपालिका-३ घर भएका राजेश चौधरीकी ५ वर्षीया छोरी रोशिका चौधरीको आइतबार दिउँसो पानीको ट्याङ्कीमा डुबेकी थिइन।

ट्याङ्की नजिकै खेल्ने क्रममा डुबेर घाइते भएकी बालिकाको मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell