PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

एमसीसीलाई बिजनेश बनाउन एमालेको माग, सांसद अधिकारीले सोधे, ‘कहिलेसम्म अड्काउने सभामुख महोदय?’



पहिलोपोस्ट

एमसीसीलाई बिजनेश बनाउन एमालेको माग, सांसद अधिकारीले सोधे, ‘कहिलेसम्म अड्काउने सभामुख महोदय?’

काठमाडौं: नेकपा एमालेले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संसदको बिजनेश बनाउन माग गरेको छ।

प्रतिनिधिसभाको नवौं बैठकको शून्य समयमा बोल्दै एमाले सांसद खगराज अधिकारीले ३/४ वर्षअघि कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सहमति भएको एमसीसी किन रोकेर राखेको भनि प्रश्न गरे।

‘एमसीसी आज थान्को लगाएर सभामुख महोदय तपाइ समक्ष छ। अरु अरु कुरा कहिलेकाहीँ कार्यव्यवस्थामा कुरा हुन्छ। यो संसदमा ३ वर्ष, ४ वर्ष कति अड्काउने हो सभामुख महोदय?’ उनले प्रश्न गरे।

अधिकारीले थपे, ‘एमसीसी राष्ट्रिय हित अनुकुल बनाइन्छ सत्ता बाहिर हुँदा। सत्ताको निम्ति जुवाको खालमा राखेझै गरिन्छ।’

अधिकारीले एमसीसी तुरुन्‍त बहसको विषय बनाउन माग गरे। राष्ट्रहित विपरित भन्दै एमसीसी लामो समयदेखि संसदमा विचाराधिन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell