PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

‘वृद्धभत्ता ५ हजार बनाइदिन्छु भनेर प्रधानमन्त्रीले ज्येष्ठ नागरिकलाई ढाँट्न पाइँदैन



पहिलोपोस्ट

‘वृद्धभत्ता ५ हजार बनाइदिन्छु भनेर प्रधानमन्त्रीले ज्येष्ठ नागरिकलाई ढाँट्न पाइँदैन

काठमाडौं: नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले सामाजिक सुरक्षा भत्ता बढाउने भनेर ज्येष्ठ नागरिकलाई सरकारले ढाँट्न नपाउने बताएकी छन्।

प्रतिनिधिसभा बैठक नवौ बैठको शून्य समयमा बोल्दै रेग्मीले प्रश्न गरिन्, ‘घरी रेल ल्याइदिन्छु, घरी पानीजहाज ल्याइदिन्छु, ग्यास पाइप पुर्‍याइदिन्छु, घरघरै रोजगारी दिन्छु भनेर प्रधानमन्त्रीले कति ढाट्ने? अब हुँदाहुँदै हाम्रा एकदम पुजनीय जेष्ठ नागरिकलाई सुरक्षा भत्ता ५ हजार बनाइदिन्छु भनेर जेष्ठ नागरिकलाई ढाट्ने कि बढाउने?’

सांसद रेग्मीले ज्येष्ठ नागरिकलाई ढाट्न नपाइने बताइन्। ‘ढाट्न पाइँदैन। दिने भनेको कुरा पुरा गर्नुपर्छ,’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell