PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

संसद जोगाउन सरकारलाई दिएको समर्थन कायम राखेका हौं : नेता शक्ति बस्नेत



पहिलोपोस्ट

संसद जोगाउन सरकारलाई दिएको समर्थन कायम राखेका हौं : नेता शक्ति बस्नेत

काठमाडौं : नेकपा माओवादी केन्द्रले संसद जोगाउनका लागि सरकारलाई दिएको समर्थन कायम राखेको बताएको छ। नेपाली कांग्रेस र जनता समाजवादी (जसपा) ले सरकारलाई दिएको समर्थन कायमै राखेर प्रधानमन्त्री केपी ओलीको राजिनामा माग्नु माओवादीको दोधारे चरित्र भएको आरोप लगाइरहेका बेला माओवादी केन्द्रले भने संसदको रक्षाका लागि सरकारलाई समर्थन कायम गर्नुपरेको तर्क गरेको हो।

माओवादी केन्द्रका नेता तथा प्रनिनिधिसभाका सदस्य शक्ति बस्नेतले सरकारले फेरी पनि संसद विघटन गर्ने षडयन्त्र गरेको भन्दै संसद विघटन हुन नदिन सरकारलाई दिएको समर्थन फिर्ता नलिएको बताए। सोमवारको संसद वैठकमा बोल्दै उनले आफ्नो सरकारका अलोकतान्त्रिक कदमको साक्षी बस्न समर्थन कायम नगरेको दाबी गरे।

'संसदको रक्षा गर्नका लागि हाम्रो दलले सरकारलाई दिएको समर्थन कायम राखेको हो। तपाइलाई भ्रम नपरोस। हामी अलोकतान्त्रिक गतिविधिका साक्षी बसिराखेका छैनौं,'  उनले भने। सरकारको निर्णय प्रति अदालतले प्रश्न उठाए पनि सरकारले त्यसको जिम्मा नलिएर आठौं आश्चार्य देखाएको बस्नेतको भनाई छ।

'अदालतले यत्रो निर्णय गर्‍यो सरकारको निर्णयमाथि प्रश्न उठायो त्यसको जिम्मेवारी लिने छाँट देखिदैन्। उहाँहरु लोकतन्त्रबादी! यो आठौ आश्चार्य हो,' उनले भने।

सरकारले अध्यादेशबाट राज्य सञ्चालन गर्न खोजेको आरोप लगाउँदै उनले बालुवाटारबाट प्रतिक्रियाहरु दिएर सरकार पन्छिरहेको बताए।

ओलीले संसदलाई 'सो पिस' बनाएर मुलुकलाई अर्कै प्रणालीबाट सञ्चालन गर्न खोजेको बस्नेतको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell