PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

 ‘साधनको रुख’मा ६ बाल लोककथा



पहिलोपोस्ट

 ‘साधनको रुख’मा ६ बाल लोककथा

काठमाडौं : लेखक दुर्गा ढेँगाको नयाँ कथा संग्रह सार्वजनिक भएको छ। बालबालिकाका लागि लेखिएको ‘साधनको रुख’ विमोचन गरिएको हो।

पुस्तकमा ‘भिरबाट हामफाल्ने दाजुभाइ’, ‘कुखुरा चोरको दसा’, ‘एक गेडा चामलको भात’लगायत ६ वटा कथा संकलित छन्।

यो कथा सङग्रहको शीर्ष कथा ‘भिरबाट हामफाल्ने दाजुभाइ’ दुई ईष्र्यालू मूर्ख दाजुभाइको कथा हो। घरमा एउटा मात्र बन्चरो थियो। बन्चरो नभए हलो काट्न सकिँदैनथ्यो। दुई दाजुभाइलाई नै हलो चाहिएको थियो। हलोको लागि साधनको रुख चाहिन्थ्यो।

साधनको रुख अग्लो भीरको टुप्पामा हुन्छ। रुख काट्दा तलतिर झर्छन्। तर उनीहरुले त्यो रुख माथितिर तान्न खोज्दा दुवै भिरबाट खस्छन्।

यस कथासङग्रहमा अरु पनि यस्तै रोचक लोक कथाहरू छन्। ‘एक गेडा चामलको भात’ कथामा मान्छेलाई अनिकाल कसरी पर्न गएछ भन्ने सन्दर्भको लोककथा छ।

कथालयबाट प्रकाशित यस कथा स्रंगहका चित्राङ्कनकर्ता यज्जू मानन्धर हुन्। २५ पृष्ठको यस पुस्तकको मूल्य १२५ रुपैयाँ तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell