PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बैशाख ५ गते बस्ने



पहिलोपोस्ट

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बैशाख ५ गते बस्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बैशाख ५ गतेका लागि बोलाइएको छ। आज स्थगित भएको बैठक बैशाख ५ गते दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

आज दिउँसो २ बजे केन्‍द्रीय कार्यालयमा बस्ने भनिएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको मृत्यु भएका कारण स्थगित भएको थियो।

यसअघि शुक्रवारका लागि तोकिएको बैठक आजलाई सारिएको थियो। शुक्रवार तीन दलको बैठक हुने भएपछि पार्टी सभापति शेरबहादुर देउवाले आजका लागि केन्द्रीय समिति डाकेका थिए।

आइतवार महाधिवशेन केन्द्रीत भएर कांग्रेसको पदाधिकारी बैठक बसेको थियो। कांग्रेसमा यतिबेला क्रियाशील सदस्यता विवाद कायमै रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell