PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

एनएसएलको तालिका सार्वजनिक, पहिलो खेलमा काठमाडौं र ललितपुर भिड्ने



पहिलोपोस्ट

एनएसएलको तालिका सार्वजनिक, पहिलो खेलमा काठमाडौं र ललितपुर भिड्ने

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) को खेलतालिका सार्वजनिक भएको छ। वैशाख ११ गतेबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा काठमाडौं रेजर्स र ललितपुर फुटबल क्लब भिड्नेछन्।

प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्। उदघाटन खेल साँझ साढे ५ बजे सुरु हुनेछ। प्रतियोगिताका अधिकांश खेल साढे ५ बजे नै सुरु हुनेछ भने पाँच खेल साढे २ बजे सुरु हुनेछ।

प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी फुटबल क्लब, एफसी चितवन, काठमाडौं रेजर्स र ललितपुर सिटी फुटबल क्लब गरी ७ फ्रेन्चाइज टोलीको सहभागिता रहने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell