PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

चलचित्र पत्रकार संघ नेपालले शुरु गर्‍यो कल्याणकारी कोष अभियान



पहिलोपोस्ट

चलचित्र पत्रकार संघ नेपालले शुरु गर्‍यो कल्याणकारी कोष अभियान

काठमाडौं : चलचित्र पत्रकार संघ नेपालले कल्याणकारी कोष अभियानको थालनी गरेको छ। आफ्ना सदस्यहरुको सुरक्षा भत्ता, औषधि उपचार, दुर्घटना बीमा, स्वास्थ्य बीमा तथा प्राकृतिक प्रकोपमा सहयोग गर्ने उद्देश्यले कल्याणकारी कोष समिति खडा गरिएको हो।

‘हामी हाम्रो लागि, पेशागत सुरक्षा र सुख दु:खका सारथी, चलचित्र पत्रकार संघ समाज’ अभियानको नारा रहेको छ।

संघले चलचित्र क्षेत्रको लागि चलचित्र पत्रकारको भूमिका स्मरण गर्दै चलचित्र पत्रकार संघ नेपालको कल्याणकारी कोषमा सहयोग गरिदिन सम्पूर्ण संघ, संस्था, चलचित्रकर्मी, कलाकार तथा संगीतकर्मीहरुमा अनुरोध समेत गरेको छ।

त्यसका लागि प्रभु बैंकको चलचित्र पत्रकार संघ नेपाल (कल्याणकारी)को खाता नम्बर ००१००००७८८४०००१५ मा सहयोग रकम जम्मा गर्न सकिने संघले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell