PahiloPost

May 15, 2026 | १ जेठ २०८३

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियको प्रधान कार्यालयबाट कागजपत्र चोरी



पहिलोपोस्ट

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियको प्रधान कार्यालयबाट कागजपत्र चोरी

काठमाडौं : विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियको प्रधान कार्यालयबाट कागजपत्र चोरी भएको छ। काठमाडौंको बाँसबारीस्थित प्रधान कार्यालयबाट अत्यन्तै महत्वपूर्ण कागजपत्र नस्ट तथा चोरी गरिएको महासंघले जनाएको छ।

कार्यालयको ढोका तथा कार्यालय भित्रका कक्षहरुका समेत ताला फोरेर दराज र टेबुलहरुको घर्रा भित्र रहेका कागजपत्र नस्ट तथा चोरी भएको महासंघले विज्ञप्तिमार्फत जानकारी दिएको छ। सो घटनाको महासंघले भर्त्सना गरेको छ।

प्रहरीले घटनास्थल निरीक्षण गरी प्रारम्भिक मुचुल्का तयार पारेर अनुसन्धान शुरु गरेको छ। महासंघले घटनाको निस्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell