काठमाडौं : नेकपा एमालेका नेता योगेश भट्टराईले सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलालाई सबैले स्वीकार गरी २०७५ जेठ २ गते कायम रहेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आयोजना गर्न आग्रह गरेका छन्। उनले फेसबुकमार्फत आफ्नो धारणा व्यक्त गरेका हुन्।
नेता भट्टराईले बैठकमा खुला खुलस्त छलफल गरी षड्यन्त्र र छलछाम कसैले कसैमाथि नगरौँ पनि भनेका छन्।
उनले भनेका छन्, ‘आफूबाट भएका गल्तीलाई सबैले दिलबाट स्वीकार गरौँ। पार्टीलाई विधिसम्मत रुपमा सञ्चालन गर्ने सबै तयार होऔँ।’
आलोचना र आत्मालोचना बारे - पहिला २०७७ फागुन २३ गतेको सर्बोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरौ । त्यसपछि २०७५ जेष्ठ...
Gepostet von Yogesh Bhattarai am Montag, 12. April 2021
उनले महाधिवेशन र सबै तहका अधिवेशनको आयोजना गरी स्वस्थ र पारदर्शी ढंगले लोकतान्त्रिक अभ्यास गर्न र परिणाम सबैले स्वीकार गर्नुपर्ने कुरामा पनि जोड दिएका छन्।
‘आउने निर्वाचनमा नेकपा एमालेको बहुमत ल्याउन सबैले कसम खाउँ। जमिनमा टेकौँ र जनता तर्फ फर्कौँ। यसैमा छ सबैको भलो,’ उनको भने।
