PahiloPost

May 15, 2026 | १ जेठ २०८३

सामसनको शतकका बावजुत राजस्थान पञ्जाबसँग पराजित



पहिलोपोस्ट

सामसनको शतकका बावजुत राजस्थान पञ्जाबसँग पराजित
फोटो: आईपीएल

इण्डियन प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्समाथि रोमाञ्चक जित निकालेको छ। वानखेडे स्टेडियम मुम्बईमा सम्पन्न खेलमा पञ्जाबले राजस्थानमाथि ४ रनको रोमाञ्चक जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले रनको वर्षा गरेको थियो। पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२१ रनको विशाल स्कोर खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले उत्कृष्ट ब्याटिङ गरे पनि २१७ रनमा समेटियो।

पञ्जाबका लागि कप्तान केएल राहुलले सर्वाधिक ९१ रन बनाउँदा दीपक होडाले आक्रामक ६४ रन बनाए। त्यस्तै क्रिस गेलले ४० र मयंक अग्रवालले १४ रन बनाए। राजस्थानका लागि चेतन सकरियाले ३ विकेट लिँदा क्रिस मोरिसले २ र रियान परागले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानका लागि कप्तान सञ्जु सामसनले आईपीएलको जारी सिजनकै पहिलो शतक बनाए। उनले ६३ बलमा ११९ रन बनाउँदा जोस बटलर र रियान परागले समान २५/२५ रन बनाए। त्यस्तै शिवम दुबेले २३ रन बनाए।

पञ्जाबका लागि अस्रदीप सिंहले ३ विकेट लिँदा मोहम्मद समीले महत्वपूर्ण २ विकेट लिए।

आज हुने खेलमा कोलकता नाइट राइडर्स र मुम्बइ इण्डियन्स भिडंदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell