PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

नारायणी अस्पतालमा ३७ वर्षीय पुरुषको मृत्यु, मृत्युपछि कोरोना पुष्टि



राधेश्याम पटेल

नारायणी अस्पतालमा ३७ वर्षीय पुरुषको मृत्यु, मृत्युपछि कोरोना पुष्टि
प्रतीकात्मक फोटो

वीरगंज : बाराका ३७ वर्षीय एक पुरुषको नारायण अस्पतालमा मृत्यु भएको छ। होलीभन्दा दुई दिन अघि भारतको हैदरावादबाट घर फर्केका उनको आज बिहान ३:३० मा मृत्यु भएको हो।

बारा जितपुरका ती व्यक्ति गए राति नारायणी अस्पतालमा भर्ना भएका थिए। बिहान मृत्युपछि शंका लागि उनको स्वाब परीक्षण गर्दा कोभिड-१९ पोजेटिभ देखिएको नारायणी अस्पतालका डा निरज सिंहले बताए।

चैत १४ गते भारतबाट ती पुरुष केही दिन एडभान्स मेडिकेयर अस्पतालमा भर्ना भइ उपचार गराएको थियो। गए राति १२ बजे नारायणी अस्पतालमा रेफर भएका उनको मृत्युपछि पीसीआर परीक्षण गरिएको हो।

यसैबीच सोमवार नारायणीमा ९५ जनाको स्वाब परीक्षण गर्दा पर्साका ३७ र बाराका ३ जना गरी ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमित पर्सा कालिकामाई २ का ५५ वर्षका पुरुषको उपचारको क्रममा हिजो बिहान भरतपुरमा मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell