PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

अनिता र राजले जिते पावरलिफ्टिङ्गको उपाधि



पहिलोपोस्ट

अनिता र राजले जिते पावरलिफ्टिङ्गको उपाधि
तस्बिर : राखेप

काठमाडौं: अनिता महर्जन र राज शाहीले स्व. निलकण्ठ नारायण मानन्धर स्मृती चौथो आन्तरिक पावरलिफ्टिङ्ग प्रतियोगिताको ट्रफी उचाल्न सफल भएका छन्।

नेपाल ब्यायाम मन्दिरले नयाँ बर्षको उपलक्षमा आफ्ना पूर्व सदस्य स्व. निलकण्ठ नारायण मानन्धरको स्मृतीमा बर्षेनी आयोजना गर्दै आई रहेको प्रतियोगितामा महिला तर्फ अनिता महर्जनले स्क्वाटमा ९० केजी, बेन्च प्रेसमा ५२ केजी र डेडलिफ्टमा १०० केजी गरि कुल २४२ केजीका साथ स्वर्ण हात पारेकी हुन्। महर्जनले मेडल, प्रमाण पत्र, ट्रफीका साथै नगद ६ हजार प्राप्त गरिन्। नेपाल ब्यायाम मन्दिरको आन्तरिक खेलाडीहरुका विच गरिने प्रतिस्पर्धामा दोश्रो स्थानमा बविता लामा रहिन्। उनले स्क्वाटमा ५० केजी, बेञ्च प्रेसमा ५० केजी र डेडलिफ्टमा १०५ केजी गरि कुल २०५ केजी उचालिन्। लामाले नगद ४ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरिन्। यस्तै तेश्रो स्थानमा रहेकी चन्द्रकला मुनकर्मीले ८० केजी, ४० केजी, ८० केजी गरि कुल २०० केजी उचालिन्। मुनकर्मीले नगद ३ हजार, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरिन्। 

नेपाल ब्यायाम मन्दिरको आफ्नै हलमा भएको प्रतिस्पर्धामा पुरुषतर्फ राज शाहीले पहिलो स्थान प्राप्त गरे। शाहीले स्क्वाट तर्फ १५० केजी, बेञ्च प्रेसमा १२० केजी र डेडलिफ्टमा १८५ केजीका साथ कुल ४५५ केजीका साथ स्वर्ण प्राप्त गरेका हुन्। दोश्रो स्थानमा रहेको सविर परियारको पनि समान ४५५ केजी रहेता पनि तौल वजनका कारण शाहीले प्रथम स्थान प्राप्त गरेका हुन्। शाहीले नगद १४ हजार, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे। दोश्रो भएका परियारले १६५ केजी, १०५ केजी र १८५ केजीका साथ ४५५ केजी उचाले। उनले नगद ९ हजार, मेडल, ट्रफी प्रमाण पत्र प्राप्त गरे। तेश्रो स्थान प्राप्त गर्ने ढुकसान लामाले १४५ केजी, १०५ केजी र १८० केजीका साथ ४३० केजी उचाले। उनले नगद ६ हजार मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे। ४३० केजीनै उचालेका संदीप पुजारी चौथो भए। उनी तौल वजनका कारण चौथो भएका थिए। उनले १४० केजी, ११५ केजी र १७५ केजी उचालेका थिए।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी प्रतिनिधी सभाका सांसद तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधान, स्व. निलकण्ठ नारायण मानन्धरकी छोरी तृष्णा मानन्धर, काठमाण्डौ जिल्ला शारिरीक सुगठन संघका अध्यक्ष सुरेश सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा पुरुष तर्फ १३ र महिला तर्फ ४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell