PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

‘हेरिटेज अफ फेसन नेपाल सिजन २’ जेठ २२ गते पोखरामा हुने



पहिलोपोस्ट

‘हेरिटेज अफ फेसन नेपाल सिजन २’ जेठ २२ गते पोखरामा हुने

काठमाडौं : ‘हेरिटेज अफ फेसन नेपाल सिजन २’ जेठ २२ गते पोखरामा हुने भएको छ। दुबई, युरोप र अष्ट्रेलियामा समेत आयोजना हुने फेसन शो सभ्य र भव्य बनाउने सञ्चालक सन्तोष अधिकारीले बताए।

‘हेरिटेज अफ फेसन नेपाल सिजनको २’को हाल तयारी भइरहेको छ। शोका आयोजक सन्तोष अधिकारी अष्ट्रेलियाको सम्पूर्ण तयारी सकेर नेपाल फर्किसकेका छन्। नेपालमा समेत दोस्रो लहरको कोरोना जोखिम बढेकाले थोरै जनशक्तिको सहभागितामा उत्कृष्ट कार्यक्रम गरिने उनले बताए।

उक्त फेसन शोमा नेपाली तथा विदेशी मोडलहरुको सहभागिता रहनेछ। कोरोनाले विश्व नै आक्रान्त बनेको बेला नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो। यसअघि मार्च १५ मा आयोजना हुने भनिएको कार्यक्रम कोरोनाका कारण केही ढिला भएको थियो।

सञ्चालक अधिकारी सह-निर्माता रहेका फिल्म ‘आमा’ र ‘घर’ रिलिज भइसकेका छन् भने ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell