PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

विराट गोल्डकप : अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै संकटा सेमिफाइनलमा



पहिलोपोस्ट

विराट गोल्डकप : अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै संकटा सेमिफाइनलमा

विराटनगर : पोखरामा सम्पन्न आहा-रारा गोल्डकपको विजेता संकटा ब्वाइज स्पोर्टिङ क्बल विराटनगरमा जारी छैठौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। विराटनगरको शहीद मैदानमा मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाई १-० गोलले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो।

अन्तिम क्वाटरफाइनल खेलमा दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमले गोल रहित बराबरी खेले। विराट गोल्डकपको पूर्व विजेता संकटाका लागि खेलको ६१ औं मिनेटमा गणेश हमालले गरेको गोल टिमको जितका लागि निर्णायक बन्यो। संकटाका विदेशी खेलाडी ओडी गोल्रीले क्रस साइटदेखि निकालिएको पास गणेशले हेडमार्फत जाली चुमाए।

पहिलो गोलपछि दबाबमा परेको क्यामरुनले खेल बराबारीमा ल्याउन निकै संघर्ष गर्‍यो। तर, सफल हुन सकेन। पोखरामा सम्पन्न भएको आरा रारा गोल्डकपमा हार व्यहोरेपछि विराट गोल्डकपमा बदला लिने क्यामरुनको रणनीति पनि विफल भयो।

दुवै टिम आक्रमक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा क्यामरुन दोस्रो हाफमा १-० ले पछि पर्‍यो। खेलको पहिलो हाफमा क्यामरुनको लागि निकै संघर्षपूर्ण बन्यो। क्यामरुनले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन।

खेलको म्यान अफ द म्याच संकटाका गोलरक्षक राजाबावु थापा घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन्।

संकटाले बिहीवार दोस्रो सेमिफाइनल खेलमा भारतको पंजाव पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पंजावले शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रलाई २-० गोल र गोरखा ब्वाइज क्लब रुपेन्देहीलाई टाईब्रेकरमा ४-२ गोलले हराउँदै सेमिफाइनमा पुगेको हो।

फाइनल यात्राको लागि विभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौं र घरेलु टिम विराटनगर ११ बीच बुधवार प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell