इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सले कोलकता नाइटराइडर्समाथि रोमाञ्चक जित निकालेको छ। चिदम्बरम् स्टेडियम् चेन्नइमा सम्पन्न खेलमा मुम्बईले कोलकतामाथि १० रनको रोमाञ्चक जित निकालेको थियो।
टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले कोलकतालाई १५३ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकता १४२ रनमा समेटियो।
सुरवाति ब्याटिङ गरेको मुम्बईका लागि सूर्यकुमार यादवले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५२ रन बनाए। त्यस्तै कप्तान रोहित शर्माले ४३ रन बनाउँदा हार्दिक पाण्ड्या र क्रुणाल पाण्ड्याले समान १५/१५ रनको महत्वपुर्ण योगदान दिए। उता कोलकताका लागि आन्द्रे रसेलले सर्वाधिक ५ विकेट लिँदा प्याट कमिङ्सले २ विकेट लिए। त्यस्तै वरुण चक्रवर्ती, शकिव अल हसन र प्रसिद कृष्णाले समान १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको कोलकताको ब्याटिङ खास जम्न सकेन। कोलकताका लागि नितिश रानाले सर्वाधिक ५७ रन बनाउँदा शुभमन गिलले ३३ रन बनाए। कोलकतालाई लक्ष्यसम्म पुग्न नदिन मुम्बईका राहुल चहरले सर्वाधिक ४ विकेट लिए। त्यस्तै ट्रेन्ट बोल्टले २ विकेट लिँदा क्रुणाल पाण्ड्याले १ विकेट लिए।
आईपीएलको जारी सिजनमा मुम्बईको यो पहिलो जित हो भने कोलकताको पहिलो हार हो। पहिलो खेलमा मुम्बई रोयल च्यालेन्जर बेङ्ग्लोरसँग पराजित भएको थियो भने कोलकताले सनराइजर्स हैदराबादलाई हराएको थियो।
आज हुने खेलमा हैदराबाद र बेङ्ग्लोर भिड्दैछन्।
