PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

हुण्डी कारोबारको अभियोगमा एक जना समातिए



पहिलोपोस्ट

हुण्डी कारोबारको अभियोगमा एक जना समातिए

काठमाडौँः अवैध वित्तीय कारोबार (हुण्डी) गरेको अभियोगमा प्रहरीले एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले मङ्गलवार पर्सा विरगंज महानगरपालिका घर भएका ४८ वर्षीय एक पुरुषलाई नियन्त्रणमा लिएको हो।

प्रहरीलाई हुण्डी कारोबार भएको सूचना आएपछि विरगंज महानगरपालिका  बाबा होटेल नजिकै मोटरसाइकलमा आइरहेका ती मानिसलाई रोकेर चेक गर्दा स्रोत नखुलेको रकम फेला परेको प्रहरीले जानकारी दिएको छ। उनको साथबाट प्रहरीले ८ लाख रुपैयाँ फेला पारेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell