PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

त्रिदेशीय सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा



पहिलोपोस्ट

त्रिदेशीय सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं: नेपाल, मलेसिया र नेदरल्याण्डस् सम्मिलित त्रिदेशीय टी २० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ। वैशाख ४ गतेबाट सुरु हुने प्रतियोगिताका लागि १४ सदस्यीय नेपाली टोलिको घोषणा गरिएको हो।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टिममा उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, बिनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनास बोहोरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, साहब आलम, कमलसिंह ऐरी र सुशन भारी रहेका छन्।

त्रिदेशीय सिरिजका लागि नेदरल्याण्डस् र मलेसियाका टोली यसअघि नै नेपाल आईसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell