PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

वैशाख ११ गतेदेखि परवानीपुर गोल्डकप फुटबल हुने



पहिलोपोस्ट

वैशाख ११ गतेदेखि परवानीपुर गोल्डकप फुटबल हुने

वीरगंज : परवानीपुरमा वैशाख ११ गतेदेखि परवानीपुर गोल्डकप-२०७८ आयोजना हुने भएको छ। वीरगंज-२१ परवानीपुरस्थित खेलकुद मैदानमा परवानीपुर गाउँपालिका र वीरगंज महानगरपालिका-२१ को सहयोगमा परवानीपुरको दुईवटा क्लबको संयुक्त आयोजनामा सो फुटबल प्रतियोगिता हुन लागेको हो।

शक्ति युवा क्लब र परवानीपुर युवा क्लबको आयोजनामा वैशाख १८ गतेसम्म हुने प्रतियोगितामा वीरगंजका दुईवटा क्लब, हेटौंडा, भरतपुर, सर्लाही, महोत्तरीको बेलखाडी, सिन्धुली र एपीएफ गरी आठवटा टिम सहभागी हुनेछन्।

विजेतालाई १ लाख रुपैयाँ, उपविजेतालाई ५० हजार रुपैयाँ, उत्कृष्ट खेलाडीहरूलाई जनही १५ हजार र खेलका उत्कृष्ट खेलाडीहरूलाई दैनिक रूपमा ५ हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्रदान गरिने आयोजक कमिटीका अध्यक्ष सुवोधकुमार श्रीवास्तवले जानकारी दिए।

अहिलेको समयमा फुटबलमा परवानीपुरको क्रेज बढाउन विभिन्न दाताहरूको सहयोगबाट करिब १० लाख रुपैयाँको खर्चमा प्रतियोगिता हुने उनले बताए। आयोजक कमिटीका कोषाध्यक्ष अली अख्तरले परवानीपुरमा गोल्डकप हुनु खुशीको कुरा भएको र यसले फुटबलका खेलाडीहरू उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

करिब डेढ लाख खर्च गरेर परवानीपुर खेल मैदानमा माटो सम्याउने र घाँस उमार्ने काम तथा अन्य मर्मत सम्भारलाई निरन्तरता दिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell