PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बेङ्ग्लुरुसँग आर्मीको फराकिलो हार : पहिलो हाफ गोलरहित बराबरी, दोस्रो हाफमा पाँच गोल



पहिलोपोस्ट

बेङ्ग्लुरुसँग आर्मीको फराकिलो हार : पहिलो हाफ गोलरहित बराबरी, दोस्रो हाफमा पाँच गोल

काठमाडौं : त्रिभुवन आर्मी फुटबल क्लब भारतीय क्लब बेङ्ग्लुरु एफसीसँग पराजित भएको छ। भारतको गोवामा आज सम्पन्न खेलमा आर्मी ५-० को फराकिलो अन्तरले पराजित भएको हो।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलमा बेङ्ग्लुरुले सबै गोल दोस्रो हाफमा गरेको थियो। क्लेइटन सिल्भा र राहुल भेकेले समान २/२ गोल गर्दा सुनिल क्षेत्रीले १ गोल फर्काए।

दोस्रो हाफमा बेङ्ग्लुरुले १४ मिनेटको अवधिमा ५ गोल गरेको थियो। खेलको ५१ औं मिनेटमा भेकेको गोलमा अग्रता लिएको बेङ्ग्लुरुलाई ५२ औं मिनेटमा क्षेत्रीले अग्रता दिलाए। त्यस्तै, ६१ र ६३ औं मिनेटमा क्लिटनले गोल थप्दा ६५ औं मिनेटमा भेकेले गोल गरेका थिए।

बेङ्ग्लुरुसँगको पराजयसँगै यस सिजन आर्मीको एएफसी कपको यात्रामा पूर्णविराम लागेको छ।

यसअघि अघिल्लो हप्ता प्रारम्भिक चरणको पहिलो खेल काठमाडौंको दशरथ रंशगालामा सम्पन्न भएको थियो। उक्त खेलमा आर्मीले श्रीलंका पुलिसमाथि ५-१ को सानदार जित निकाल्दै बेङ्ग्लुरुसँग भेट सुनिश्चित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell