PahiloPost

May 14, 2024 | १ जेठ २०८१

बेङ्ग्लोरको लगातार दोस्रो जित, हैदराबादको लगातार दोस्रो हार



पहिलोपोस्ट

बेङ्ग्लोरको लगातार दोस्रो जित, हैदराबादको लगातार दोस्रो हार

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले सनराइजर्स हैदराबादमाथि रोमाञ्चक जित निकालेको छ। चेन्नइस्थित एमए चिदम्बरम् स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले हैदराबादमाथि ६ रनले हराउँदै जारी सिजन लगातार दोस्रो जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले ग्लेन म्याक्सवेलको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। १५० रनको लक्ष्य पछ्याएको हैदराबाद कप्तान डेभिड वार्नरको अर्धशतकीय पारीका बावजुत ९ विकेट गुमाउँदै १४३ रनमा समेटियो।

सुरुवाती ब्याटिङ गरेको बेङ्ग्लोरका लागि म्याक्सवेलले सर्वाधिक ५९ रन बनाउँदा कप्तान विराट कोहलीले ३३ र शाहबज अहमेदले १४ रनको महत्वपूर्ण योगदान दिए। उता हैदराबादका जेसन होल्डरले सर्वाधिक ३ विकेट लिँदा राशिद खानले महत्वपूर्ण २ विकेट लिए।

१५० रनको लक्ष्य पछ्याएको हैदराबादका लागि डेभिड वार्नरले सर्वाधिक ५४ रन, मनिष पाण्डे ३८ र राशिद खानले १७ रनको महत्वपूर्ण योगदान दिए पनि निर्धारित लक्ष्य भेट्टाउन सकेनन्। हैदराबादलाई लक्ष्सम्म पुग्न नदिन शाहबज अहमेदले ३ विकेट लिँदा मोहम्मद सिराज र हर्षल पटेलले समान २/२ विकेट लिए। त्यस्तै केल जेमिसनले १ विकेट लिए।

जारी सिजन बेङ्ग्लोरको यो लगातार दोस्रो जित हो भने हैदराबादको लगातार दोस्रो हार हो।

आज राति हुने खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिड्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell