PahiloPost

May 15, 2026 | १ जेठ २०८३

लिभरपुललाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा



पहिलोपोस्ट

लिभरपुललाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगको खेलमा इङ्ग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडल बराबरीमा रोकिएका छन्।

एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लिभरपुल बराबरीमा रोकिँदा मड्रिडले एग्रिगेटमा ३-१ गोल अन्तरले जित निकाल्दै सेमिफाइनलको यात्रा सुनिश्चित गरेको छ। उत्कृष्ट पुनरागमनको खोजिमा रहेको लिभरपुलले पहिलो हाफमा केही राम्रा अवसरहरु बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। च्याम्पियन्स लिगमा मड्रिडसँगका पछिल्ला पाँच खेलमा लिभरपुलले जित निकाल्न सकेको छैन।

यसअघि क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले लिभरपुलमाथि ३-१ गोलअन्तरले जित निकालेको थियो। सेमिफाइनलमा रियल मड्रिडले अर्को इङ्ग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell