PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

डर्टमण्डलाई हराउँदै म्यानचेस्टर सिटी सेमिफाइनलमा



पहिलोपोस्ट

डर्टमण्डलाई हराउँदै म्यानचेस्टर सिटी सेमिफाइनलमा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डमाथि जित निकालेको छ। वेस्टफलेनस्टेडियनमा सम्पन्न खेलमा घरेलु टोली डर्टमण्डमाथि सिटीले २-१ गोलअन्तरले जित निकालेको हो। योसँगै एग्रिगेटमा सिटीले ४-२ गोलअन्तरले जित निकाल्दै सेमिफाइनलमा पीएसजीसँग भेट पक्का गरेको हो।

सिटीको जितमा रियाद महरेज र फिल फोडेनले गोल गरे। खेलमा अग्रता भने डर्टमण्डले बनाएको थियो। जुड बेलिङ्घमको गोलमा खेलको १५ औं मिनेटमा घरेलु टोलीले अग्रता बनाएको थियो। पहिलो हाफमा डर्टमण्ड एक गोलले अघि रह्यो। दोस्रो हाफमा रियाद महरेजले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै ७५ औं मिनेटमा बर्नान्डो सिल्भाको पासमा फिल फोडेनले गोल गर्दै खेल आफ्नो पक्षमा पारे।

यसअघि इतिहादमा सम्पन्न पहिलो लेगको खेलमा पनि सिटीले २-१ गोलअन्तरले नै डर्टमण्डलाई हराएको थियो। जितसँगै सेमिफाइनल प्रवेश गरेको सिटीले सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell