PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

भक्तपुरमा मोटरसाइकल दुर्घटनाः एक युवकको मृत्यु, एक जना घाइते



पहिलोपोस्ट

भक्तपुरमा मोटरसाइकल दुर्घटनाः एक युवकको मृत्यु, एक जना घाइते

काठमाडौंः मोटरसाइकल दुर्घटनामा हुँदा भक्तपुरमा एक युवकको मृत्यु भएको छ।

बुधवार राति मध्यपुर ठिमी नगरपालिका ४ स्थिति एसएस चोक नजिकै भक्तपुरबाट काठमाडौँतिर आउँदै गरेको बा ५३ प ६९३८ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो। दुर्घटनाबाट घाइते भएका काभ्रेपलान्चोक धुलिखेल बस्ने ३२ वर्षीय महेश शाहको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए। उनी मोटरसाइकलको पछाडि बसेका थिए।

त्यस्तै मोटरसाइकल चालक २२ वर्षीय महेन्द्र शाहको भने मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ। शाहले मदिरा सेवन गरेर मोटरसाइकल चलाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell