PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

निफमा नेपालका ३ सहित ३१ देशका ६६ फिल्म प्रतिस्पर्धामा



पहिलोपोस्ट

निफमा नेपालका ३ सहित ३१ देशका ६६ फिल्म प्रतिस्पर्धामा

काठमाडौँ : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२१ मा यो वर्ष ३ नेपाली फिल्म छनोटमा परेका छन्।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्दै आइरहेको निफको चौथो संस्करणमा लाटोकोसेरो, सरिता ११ वर्ष र  आमाखाण्डो फिचर फिल्म प्रतिस्पर्धाको लागि छनोट भएको जानकारी आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले दिए।

महोत्सबमा सहभागिताका लागि आवेदन दिएका विश्वका विभिन्न ५२ देशका ४ सय ५० फिल्मबाट आन्तरिक छनौट समितिले ३१ देशका ६३ चलचित्रलाई महोत्सवमा प्रस्तिस्पर्धाको लागि छनोट गरेको छ। भने नेपालबाट थप तीन फिल्म गरी कुल ६६ फिल्म महोत्सवमा प्रदर्शन गरिने छ। निफमा नेपाली फिचर फिल्म तर्फको प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिल्मले एक लाख नगद पुरस्कारसहितको ट्रफी, उत्कृष्ट निर्देसक, लेखक, छायाकार,अभिनेता र अभिनेत्री ट्रफी पाउनेछ।

‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्महरुलाई छुट्टै विधामा प्रतिस्पर्धामा सहभागि गराइने पाठकले जानकारी दिए। यो प्रतिस्पर्धाको विजेताले ५ सय अमेरिकी डलर तथा ट्रफी पाउनेछ।

अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर सहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ। यसैगरि, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलरसहित माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जु श्री अवार्ड, सर्वोत्कृष्ट लघुचलचित्रलाई ५ सय डलर राशिको वागमती अवार्ड दिइन् छ।

महोत्सव २०७८ वैशाख २३ देखि २७ सम्म काठमाडौंमा आयोजना हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell