PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

एनएसएल : धनगढी एफसीको 'आइकोनिक प्लेयर' मा किरण चेम्जोङ



पहिलोपोस्ट

एनएसएल : धनगढी एफसीको 'आइकोनिक प्लेयर' मा किरण चेम्जोङ

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम धनगढी एफसीले आइकोनिक प्लेयर र मुख्य प्रशिक्षक घोषणा गरेको छ। धनगढीले नेपाली राष्ट्रिय टोलीका कप्तान समेत रहेका किरण कुमार लिम्बु (चेम्जोङ) लाई आइकोनिक प्लेयरका रुपमा भित्र्याएको हो।

त्यस्तै प्रशिक्षकको रुपमा नेपाली राष्ट्रिय टोलीका सदस्य समेत रहिसकेका ३७ वर्षे युगल किशोर राईलाई भित्र्याएको छ। राई एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। उनले नेपाली राष्ट्रिय टोलीबाट फर्वाड पोजिसनमा दुई खेल खेलेका थिए।

दुबैलाई टिमका मार्की प्लेयर विशाल राईले स्वागत गरे। प्रशिक्षक राईले फुटबल विकासका लागि कठिन भइरहेको अवस्थामा एनएसएलले ठूलो राहत पुर्‍याउने बताउँदै तयारीका लागि भने समय छोटो भएको बताए।

'टिममा राम्रा खेलाडिहरु छन्। चुनौती पनि धेरै छन्। 'विन विथ व्युटी' का लागि कोसिस गर्नेछौं,' उनले भने, 'तयारीका लागि भने समय थोरै छ।'

त्यस्तै आईकोनिक प्लेयर लिम्बुले लामो समय पछि नेपाली लिगमा फर्कँदा खुशी लागेको बताए। 'लामो समयपछि लिगमा फर्कँदा खुशी छु। अर्को वर्ष अझ लामो लिग होस्,' उनले भने, 'एकदमै उत्साहीत छु। टिमको जितका लागि 'बेस्ट' दिने प्रयास गर्नेछु।'

आजै धनगढीका विदेशी खेलाडीहरु पनि नेपाल आउँदै छन्। यद्यपि धनगढीले विदेशी खेलाडीबारे खुलाएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell