PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

स्वास्थ्य मन्त्रालयको अपिल : बेलुका सात बजेपछि मानिसको भीडभाड हुने स्थानमा सहभागी नहुनुहोला



पहिलोपोस्ट

स्वास्थ्य मन्त्रालयको अपिल : बेलुका सात बजेपछि मानिसको भीडभाड हुने स्थानमा सहभागी नहुनुहोला

काठमाडौँः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानिसको भिडभाड हुने सार्वजनिक स्थानहरूमा बेलुका सात बजेपछि सहभागी नहुन अनुरोध गरेको छ।

बिहीबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै रात्रिकालीन व्यवसायहरू र भिडभाड हुने स्थानमा सहभागी नहुन अपिल गरेको हो। जिम हल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ मललगायत भीडभाड हुने स्थानमा सात बजेपछि सहभागी नहुन अनुरोध गरिएको हो।

मन्त्रालयले कोभिड १९ कारण १४ वटा जिल्लाहरुलाई अति प्रभावित भएको जानकारी दिएको छ। अतिप्रभावित जिल्लाहरू काठमाडौं, ललितपुर, कास्की, रुपन्देही,चितवन, बाँके, पर्सा, मोरङ लगायतका जिल्लाहरूमा भीडभाड भएकाले सुरक्षा अपनाउन अनुरोध गरेको हो।

देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले यसअघि चैत २५ रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न निर्देशन दिएको थियो।

मन्त्रालयले यसअघि ठूला सहरहरूमा एक हजार र साना सहरहरूमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न निर्देशन समेत दिएको छ। घरबाहिर जाँदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न निर्देशन समेत दिइएको छ।

पछिल्लो २४ घण्टामा देशभर सङ्क्रमित हुनेको सङ्ख्या दैनिक ४ सय नाघेको छ। छिमेकी राष्ट्र भारतमा संक्रमितको सङ्ख्या ह्वातै बढेको कारण पनि देशभर थप सुरक्षा व्यवस्था अपनाइएको छ। भारतमा एकै दिन २ लाखसम्म मानिस सङ्क्रमित हुने गरेका छन्।

त्यस्तै मन्त्रालयले नेपाल आएर होटेलमा बस्ने विदेशीको हकमा पीसीआर परीक्षण गरेर नेगेटिभ आएको खण्डमा मात्र होटेलमा बस्न दिन अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell