काठमाडौं : फिल्म 'दुस्प्रयास' आगामी असार २५ गते रिलिज हुने भएको छ।
महिला हिंसा, हत्या, अपहरणलगायतका समाजमा घटिरहेका आपराधिक गतिविधिविरुद्ध आवाज उठाइएको फिल्म 'दुस्प्रयास' को फस्टलुक सार्वजनिकसँगै फिल्मको रिलिज मिति तय गरिएको हो।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै फिल्मका लेखक तथा निर्देशक दिनेश लिङ्देनले कोभिड महामारीको अवस्थामा पनि आफूले जोखिम मोलेरै भए पनि फिल्म रिलिज गर्ने बताए।
रीता देवी मुभिजद्वारा निर्माण गरिएको फिल्ममा निशा पोमु लिम्बु, सोम लामा, प्रिजन श्रेष्ठ, सुस्मिता कार्की, अजय खडका, कल्याण राई, निरु महत, देविका खड्का, प्रदिप योङहाङ, दिलिप ठकुरी, महेन्द्रकुमार राई, विवेक बेघा लिम्बु, छेवाङ लामा तथा बाल कलाकार सुदिता लिङदेनको अभिनय छ।
