PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

वीरगंजका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित दुई जना पक्राउ



पहिलोपोस्ट

वीरगंजका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित दुई जना पक्राउ

वीरगंज : पर्सा प्रहरीले वीरगंजबाट २ केजी गाँजा र १ हजार ४ सय ८८ एम्पुल लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ।

पर्साबाट १ हजार ४ सय ८८ एम्पुल लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बिहार मोतिहारीका २४ वर्षीय भोला दास रहेका छन्। उनको साथबाट प्रहरीले डाइजेपाम ४९६ एम्पुल, फेनारगन ४९६ एम्पुल र नुर्फिन ४९६ एम्पुल गरी जम्मा १ हजार ४८८ एम्पुल लागुऔषध बरामद गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोक नजिकै सडकमा शंकास्पद रुपमा हिँडिरहेका दासलाई चेक गर्ने क्रममा पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।

यसैगरी, वीरगंजको शंकराचार्य गेटबाट प्रहरीले दुई केजी गाँजासहित १४ वर्षीय बालकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय ईनर्वाबाट खटिएको टोलीले जाँच गर्दा बालकको शरीरमा प्लाष्टिकले बेरेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उनीमाथि लागुऔषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell