PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादी केन्द्रको सांसदहरुलाई अपिल



पहिलोपोस्ट

मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादी केन्द्रको सांसदहरुलाई अपिल

सुर्खेत : कर्णाली प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रले सांसदहरुलाई सार्वजनिक अपिल गरेको छ। शुक्रवार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन सत्तारुढ दल माओवादी केन्द्रले अपिल गरेको हो।

माओवादी केन्द्रले स्थायी सरकार तथा कर्णालीको समग्र विकास र समृद्धिका लागि विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न सम्पूर्ण प्रदेशसभा सदस्यहरुलाई अपिल गरेको छ। माओवादी केन्द्रकी प्रमुख सचेतक सीताकुमारी नेपालीद्वारा हस्ताक्षर गरिएको पत्रमार्फत यस्तो अपिल गरिएको हो।

४० सदस्य रहेको कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीको पद खारेज गरेपछि हाल ३९ सदस्य छन्। जसमा नेकपा एमालेका तर्फबाट सभामुखबाहेक १९ जना, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन्।

एमालेको समर्थनबिना अन्य दल एकजुट भएपनि कर्णालीमा सरकार गठन हुने सम्भावना छैन। तर, पनि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालयमा पत्र पठाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell