PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

ललितपुरबाट चोरी भइ अमेरिका पुगेको लक्ष्मी नारायणको मूर्ति फर्काइयो नेपाल



पहिलोपोस्ट

ललितपुरबाट चोरी भइ अमेरिका पुगेको लक्ष्मी नारायणको मूर्ति फर्काइयो नेपाल

काठमाडौं : नेपालबाट सन् १९८४ मा चोरी भएको लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्ति अमेरिकाबाट नेपाल ल्याइएको छ। आज एक कार्यक्रमकाबीच सो मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

उक्त मूर्ति सन् १९९० देखि अमेरिकाको डल्लास म्यूसियम अफ आर्ट्समा प्रदर्शनमा राखिएको थियो।

मूर्ति स्वदेश फर्काउन सफल भएको भन्दै अमेरिकी राजदूत रेन्डी बेरीले खुसी व्यक्त गरेका छन्। अमेरिकी राजदूतावास, अमेरिकी सरकार, नेपाल सरकार, डल्लास म्युजियम, पुरातत्व विभागलगायतको संयुक्त प्रयासमा मूर्ति फर्काउन सफल भएको उनले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell