PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

दिल्लीलाई हराउँदै जारी सिजन राजस्थानको पहिलो जित



पहिलोपोस्ट

दिल्लीलाई हराउँदै जारी सिजन राजस्थानको पहिलो जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि जित निकालेको छ। मुम्बइको वानखेडे स्टेडियममा सम्पन्न खेलमा दिल्लीलाई ३ विकेटले हराउँदै राजस्थानले जारी सिजन पहिलो जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले १४८ रनको लक्ष्य १९.४ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्‍यो।

सुरुवाती ब्याटिङ गरेको दिल्लीका लागि ऋषभ पन्तले सर्वाधिक ५१ रन बनाउँदा टम करनले २१ र ललित यादवले २० रन बनाए। उता राजस्थानका लागि जयदेव उनद्कटले ३ विकेट लिँदा मुस्तफिजुर रहमानले २ विकेट र क्रिस मोरिसले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले डेभिड मिलरको ६२ रन, क्रिस मोरिसको ३६ रन र राहुल तेवातियाले १९ रनको सहयोगमा लक्ष्य पुरा गर्‍यो।

जारी सिजन पहिलो खेल पराजयबाट सुरु गरेको राजस्थानको यो पहिलो जित हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell