PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

वैशाख २० गतेसम्म सबै परीक्षा सकाउन वीरगंज महानगरको निर्देशन



राधेश्याम पटेल

वैशाख २० गतेसम्म सबै परीक्षा सकाउन वीरगंज महानगरको निर्देशन

वीरगंज : प्रदेश २ को एकमात्र महानगरपालिकाको रुपमा रहेको वीरगंज महानगरपालिकाले अगामी वैशाख २० गतेसम्म एसइइ बाहेक कक्षा ८ को  जिल्ला स्तरीय र अन्य तहको अन्तिम परिक्षा सम्पन्न गराउन निर्देशन दिएको छ। वीरगंज महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णले वीरगंज महानगरपालिकाभित्र रहेका सम्पूर्ण सरकारी र निजी विद्यालयहरुलाई यस्तो निर्देशन दिइएको बताए।

कोरोना महामारीमा अहिलेको समयमामा पर्सा–बारासहित मुलुकका १४ वटा जिल्लालाई स्वास्थ्य मन्त्रालयले अति प्रभावित जिल्लाको रुपमा वर्गिकरण गर्दै अभिभावकलाई आफना बालबालिकालाई विद्यालय नपठाउन अपिलसमेत गरेको अवस्थामा शिक्षा मन्त्रालय अहिले पनि ठोस निर्णय गर्न सकेको छैन। यसअघिको शिक्षा मन्त्रालयको छलफलले स्थानीय तहलाई विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने विषयमा अधिकार सुम्पेको छ। तर नेपालको प्रमुख प्रवेशद्वार वीरगंज भएको र भारतमा कोरोना महामारी तीव्र गतिमा बढिरहेको अवस्थामा अहिले पनि वीरगंज महानगरले विद्यालय बन्द नगरेको दुखद कुरा भएको नेपाल शिक्षक महासंघ वीरगंज महानगर कमिटिका अध्यक्ष विनोद मेहताले गुनासो गरे। उनले पर्सामा भेटिएको १३४ जना सक्रिय संक्रिमित मध्ये १० जना बालबालिका रहेको र कोरोना नियन्त्रण बारे स्वास्थ्य मन्त्रालयको अपिललाई सम्मानको साथ कार्यान्वयन गर्नू पर्नेमा उल्टै परिक्षा लिएर बस्ने निर्देशनले निजि विद्यालय सञ्चालकसंगको महानगरको स्वार्थ जोडिएको हुन सक्ने उनले आरोप लगाए। विद्यालय बन्द गर्दा शैक्षिक सत्र तथा अन्तिम परिक्षा प्रभावित हुने भएकोले विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै महनगरले विद्यालय बन्द हालसम्म नगर्ने अडान लिइएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell