PahiloPost

Jun 22, 2024 | ९ असार २०८१

काठमाडौं महानगरपालिकाको निर्णयः कोभिड १९ सङ्क्रमण देखिएका विद्यालयहरू एक साता बन्द गर्नु



पहिलोपोस्ट

काठमाडौं महानगरपालिकाको निर्णयः कोभिड १९ सङ्क्रमण देखिएका विद्यालयहरू एक साता बन्द गर्नु

काठमाडौँः काठमाडौं महानगरपालिकाले कोभिड १९ सङ्क्रमण देखिएका विद्यालयहरू एक सातासम्म बन्द गर्न अनुरोध गरेको छ।

कुनै पनि विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारीमा कोभिड १९ सङ्क्रमण देखिए अर्को सूचना जारी नभएसम्म एक साताको लागि विद्यालय बन्द गर्न अपिल गरेको हो। काठमाडौं महानगरपालिकाको शिक्षा विभागले महानगर क्षेत्रमा रहेका सबै बिद्यालयहरुलाई यस्तो सर्कुलर जारी गरेको हो।

स्वास्थ्य मन्त्रालयले बिहीबार १४ वटा जिल्लालाई अति प्रभावित भन्दै रात्रि सात बजेपछि भिडभाड हुने स्थानमा कार्यक्रम नगर्न अपिल समेत गरेको छ।

कोरोना संक्रमणको बेलायतको भेरियन्ट नेपालमा भेटिरहँदा जनस्वास्थ्यविद्हरुले कोरोनाले जोखिम बढ्न सक्ने भन्दै चेतावनी दिँदै आएका छन्। यस्तोमा पछिल्लो समय शिक्षासँग सरोकारवालाहरुले विद्यालय बन्द नगर्ने तर स्वास्थ्य मापदण्ड बढाएर लैजानुपर्ने तर्क गर्दै आएका छन्। सरकारले अहिलेसम्म विद्यालय बन्द गर्ने केन्द्रबाट वा यसको निर्णयको जिम्मेबारी स्थानियतहबाट गराउने भन्ने विषयमा कुनै निर्णय गर्न सकेको छैन। 

शिक्षा मन्त्रालयले भने प्रभावित क्षेत्रमा विद्यालय बन्द गर्ने बारे छलफलमा छ। सरोकारवालाहरुले विद्यालय बन्द नगर्न आग्रह गरिरहेपनि संक्रमणको जोखिम विद्यालयमा बढ्ने र स्वास्थ्य मन्त्रालयले नै विद्यालयलाई प्रभावित क्षेत्र भन्दै सूचना निकालेपछि शिक्षा मन्त्रालय छलफलमा जुटेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell